क्षमताभन्दा बढि यात्रुसंगै तीब्र गतिका कारण त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु १३ जना घाइते

११ कार्तिक २०७४, शनिबार ०३:१७

कात्तिक ११, धादिङ । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस खस्दा तीन जनाको शव फेला परेको हो । अन्य व्यक्तिको खोजीकार्य जारी रहेको छ । बस पानीमुनी रहेको पत्ता लागेपनि हेर्दा देखिने अवस्थामा छैन् । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

 

धादिङ । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस खस्दा दुईजनाको शव फेला परेको हो । अन्य व्यक्तिको खोजीकार्य जारी रहेको छ ।  पानीमुनी रहेको पत्ता लागेपनि हेर्दा देखिने अवस्थामा छैन् । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

 

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पु¥याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो ।