कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

२६ कार्तिक २०७४, आईतवार ०३:०९

कात्तिक २६, काठमाडौं । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले राससलाई जानकारी दिए । धामीका अनुसार, घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएको छ भने बाँकीलाई अस्पतालसम्म लैजाने तयारी भइरहेको छ ।

दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।