कृषि विकास मन्त्रालयको १ अर्ब २५ करोड रुपैयाँको राहत कार्यक्रम सन्चालनमा

कात्तिक २०, काठमाडौं । कृषि विकास मन्त्रालयले बाढी–पहिरोले खाद्य उत्पादनमा हुने सम्भावित ह्रासलाई न्यूनीकरणका लागि राहत कार्यक्रम सन्चालन गरेको छ ।

सोमबार राजधानीमा विश्व खाद्य दिवस समितिले गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री सरिता प्रसाइँले १ अर्ब २५ करोड रुपैयाँको राहत कार्यक्रम सन्चालनमा ल्याइएको जानकारी दिएकी हुन् । बाढी–पहिरो प्रभावित ३० जिल्लामा पुगेको ५ अर्ब क्षतिले खाद्य उत्पादनमा ह्रास आउनसक्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।  प्राकृतिक विपत्तिले कृषिमा हुने जोखिम व्यवस्थापनका लागि कृषि बिमामा प्रिमियमको ७५ प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम सन्चालन गरेको राज्यमन्त्री प्रसाइँले जानकारी दिइन् ।

 

कृषकलाई रासायनिक मल, प्रागांरिक मल, उन्नत बीउ, कृषिउपज ढुवानी साधन खरिदमा अनुदान, कृषिमा यान्त्रीकरणका लागि विशेष अनुदान, भन्डारण र बजार व्यवस्थापनमा अनुदानको व्यवस्था गरिएको प्रसाइँले बताइन् ।  ३७औं विश्व खाद्य दिवसका अवसरमा ३३ विधामा ९८ जना कृषकलगायत विभिन्न संघ–संस्थाहरुलाई पुरस्कृत पनि गरिएको छ ।


प्रकाशित | २०७४ कार्तिक २० प्रकाशित १४:५१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ