कालिकोटमा पनि  जिप  दुर्घटना, तीन जनाको मृत्यु ,छ जना घाइते

१३ मंसिर २०७४, बुधबार ११:२०

मंसिर, १३ कालिकोट ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन्।

 

 

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालिकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। मुगुबाट सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ। छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको बताइएको छ। घाइतेको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको बताइएको छ। जिप दुर्घटना के कति कारणले भएको हो भन्ने कुराको समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको राससले समाचार लेखेको छ