काभ्रे १ मा वाम गठबन्धनको अगाडी कुनै दल आउन नसोँचे पनि हुन्छ : बमध्वज

५ मंसिर २०७४, मंगलवार १५:०८

मंसिर ५, काभ्रे । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति जति नजिकिदै छ त्यति नै दलहरु चुनावी प्रचारमा होमिएका छन् । त्यस्ते काभ्रे जिल्लामा पनि वाम गठबन्धन र लोकतान्त्रिकवीचको चर्को प्रचारशैली अगाडी बढिरहदा निर्वाचन परिणाम कस्को पोल्टामा पर्ला भन्ने जनमानसमा छाएको छ ।

प्रचारप्रसार शैलीको बैचारिकभन्दा पनि शक्ति प्रर्दशनको रुपमा अघि बढिरहेको छ । वाम गठबन्धनको बाग्लो उपस्थिति देखिएपछि लोकतान्त्रिक गठबन्धनको पनि आक्रमक शैलीमा प्रचारमा लागेका छन् । संघीय ढाँचाअनुसार काभ्रे जिल्लामा दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण गरेको छ । सोही हनुरुप एमाले माओवादीको संयुक्त वाम गठबन्धनले गर्दा काँग्रेसमा चुनौती सामना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

दुई ठूला पार्टी एमाले माओवादीको संयुक्त उम्मेद्वारकै कारण आफ्नो पक्षमा मतदाता पार्न काँग्रेसलाई सकस परेको छ । दिनप्रतिदिनको चुनावी सभा तथा प्रचारको हिसाबले पनि एमाले÷माओवादीको निकै बाग्लो उपस्थित रहदै आएको छ । आज मात्र मंगलटारमा सम्पन्न वाम गठबन्धनको चुनावी सभाले एक खालको तरङ्ग नै ल्याएको छ ।

वाम गठबन्धनले आगामी निर्वाचनमा आफ्नो पक्षमा जीत सुनिश्चित गर्न थालेको रणनीतिले काँग्रेस झन कमजोर बन्दै गएको टिकटिप्पनी आएको छ । काभ्रे क्षेत्र नं. १ का वाम उम्मेद्वारहरुलाई जिताउन थुप्रै नेता कार्यकर्ता लागेको विद्यार्थी नेता समिक बडलले जानकारी दिए । प्रतिनिधिसभा १ का उम्मेद्वार गंगाबहादुर तामाङ (बमध्वज), प्रदेश सभा सदस्य (क) रत्न ढकाल, प्रदेशसभा सदस्य (ख) चन्द्र लामालाई जिताउन युवा, विद्यार्थी र पार्टी कमिटिका सबै सक्रिया रुपमा लागिरहेको बताए ।

रोशी गाउँपालिका स्थित वडा ९ मंगलटारमा आयोजित उक्त कार्यक्रममा एमाले जिल्ला नेता तथा माओदी केन्द्रका केन्द्रिय नेताहरुको समेत सहभागी रहेको बडलले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न वाम गठबन्धनका उमेदवाहररुलाई विजयी गराउनु आम मतदातालाई आग्रह गरे । काभे क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेद्वारहरु नै निर्वाचित हुने दावी गर्दै विकल्पमा अन्य दल आउँन नसोँचे पनि हुने उल्लेख गरे ।  उनले काँग्रेसको भ्रममा नपर्न पनि मतदाताहरुलाई सचेत गराए । ईमान्दार मतदाताले कसैको लोभलालचमा नपरी आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गर्दै काभ्रे क्षेत्र नं. १ र सिंगो जिल्लाकै समृद्धका लागि आफु जनताको निर्देशनअनुसार लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रदेशसभा (क) को उम्मेद्वार रत्न ढकालले हाम्रो चुनावी लहर देखेर अतिसकेको काँग्रेसले विभिन्न धम्कीका भाषाहरु प्रयोग गर्दै आएकोमा आपत्ति जनाउँदै त्यस्ता धम्कीको उपचार निर्वाचनमा जनताले गर्ने बताए । उनले भने विभिन्न पार्टी परित्याग गरी वाम एमाले माओवादीमा प्रवेश गर्नेको लर्को भएका बेला अरु कुनै दोस्रो व्यक्ति आउछु भन्नु अशान्र्दभिक रहेको जिकिर गरे ।

त्यस्तै प्रदेश सभा सदस्य (ख) उम्मेद्वार चन्द्र लामाले आफुु विकासका निर्माणका पक्षमा सधै सकारात्मक रहेको र आफुमा त्यस सम्बन्धी ज्ञान भएकाले यस क्षेत्रका विकास निर्माणका कार्यहरुमा सबैलाई प्रतिनिधित्व र अपनत्व हुने गरी काम गर्ने बताए । जनताले विकास र परिवर्तन चाएको छ आर्थिक प्रगाती खोजेको छ जसमा युवाहरुलाई स्वारोजगारको वातावारण सिर्जना गरि एक वडा एक उद्यमी खौल्न आफुले बाटो तय गर्ने बताए । सो कार्यक्रममा उनले सक्षम र सबल उम्मेद्वार आफु नै रहेको दावी गर्दै आम मतदातालाई मतदान गराउन आह्वान समेत गरे ।