काभ्रे निर्वाचन क्षेत्र एकमा माओवादीका गंगाबहादुर तामाङ विजयी

२५ मंसिर २०७४, सोमबार ०३:४४

मंसिर २५, काठमाडौं । काभ्रे क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् ।

भर्खर सम्पन्न मतगणपछि सार्वजनिक गरिएको परिणाम अनुसार वामका तामाङले ४३ हजार ६ सय ३१ मत ल्याउँदै प्रतिनिधि सभाको स्थान पक्का गरेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत ल्याउन सफल भएका छन् ।त्यस्तै प्रदेशसभा १ र दुईमा पनि वाम गठबन्धनकै उम्मेद्वार विजयी भएका छन् । विजयी हुनेमा प्रदेश १ मा माओवादी नेता रत्न ढकाल र प्रदेशसभा २ मा एमाले युवा संघका केन्द्रिय सदस्य चन्द्र लामा विजयी भएका हुन् । ढकालका प्रतिद्वन्द्वी काँग्रेसका सिवि लामा र चन्द्र लामाका प्रतिद्वन्द्वी गणेश लामा रहेको थियो ।