कात्तिक २४ बाट म्यादीले सुरक्षा दिने

१९ कार्तिक २०७४, आईतवार ०१:४८

कात्तिक १९, काठमाडौँ । सरकारले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरीलाई परिचालन गर्ने भएको छ । सोही दिन छनोट सकिएपछि उनीहरुलाई खटाइने खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मागभन्दा बढी अवेदन परेकाले जिललाजिल्लामा उनीहरुको छनोट भइरहेको छ । ‘जिल्लाजिल्लामा छनोट २४ कात्तिकमा सकिएपछि आवश्यक निर्देशन दिएर जिल्ला सुरक्षा समितिको योजना मुताविक उनीहरुलाई कार्यक्षेत्रमा खटाइने छ’ प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डआईजी) मनोज न्यौपानेले भने ।

यही मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीले प्रहरीलाई सहयोग गर्नेछन् । उनीहरुको तलब तथा सेवासुविधा प्रहरी जवान सरहको हुने छ । यसपटक ९८ हजार २ सय ६८ जनाको तलब सुविधा बापत करिब ६ अर्ब रुपैयाँ बैँकमार्फत भुक्तानी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।