काडाँघारीका दुई क्लिनिकलाई सिलबन्दी

६ मंसिर २०७४, बुधबार ०४:५४

मंसिर ६, काठमाडौं । काडाँघारीका दुई क्लिनिकलाई सिलबन्दी गरिएको छ । मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा निस्केको अनुगमन टोलिले काठमाडौं स्थित काँडाघारीको दुई क्लिनिकलाई सिल गरेको हो ।

विभागको निर्देशक लक्ष्मण श्रेष्ठले जनाए अनुसार काँडाघारीमा रहेको हेलेना विनायक डेन्टल हस्पिटल र ‘एनएण्डएस’ फार्मेसीलाई सिल गरिएको छ । जिल्ला जन स्वास्थय कार्यालयको स्वीकृती विना क्लिनिक सञ्चालन गरेको काराण सञ्चालक स्वंयमको जिम्मा रहने गरी ती क्लिनिकहरुलाई सिलबन्दी गरिएको जनाइएको छ ।

त्यस्तै विभागको अनुसार काठमाडौंको अन्य विभिन्न खाद्य किराना पशल, निर्माण सामाग्री कम्पनी लगायतमा समेत अनुगमन गरेको र आवश्यक सुझाब तथा निर्देशन दिएको जनाइएको छ ।