काठमाडौको गोकर्णेश्वरबाट हतियारसहित गएराति एकजना पक्राऊ

२८ कार्तिक २०७४, मंगलवार ०४:२३

कात्तिक २८,काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ बाट हतियार र गोलीसहित एक जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा–२ डाँडा गाउँ घर भई ललितपुर गोदाबरी बस्ने ३५ वर्षीय धिरेन श्रेष्ठलाई प्रहरीले चेकजाँचका क्रममा हतियारसहित फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक थान कटुवा पेस्तोल, एसएलआरको गोली एक थान बरामद भएको बताइएको छ ।

गएराति १० बजे बा८८प ८२८४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा महानगरीय ट्राफिक प्रहरी बृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको संयुक्त टोलीले उनलाई हतियारसहित फेला पारेको हो । मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।