काठमाडौं ३ मा वामगठबन्धनका उम्मेद्वार राई विजयी

२३ मंसिर २०७४, शनिबार ०६:२०

मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्र्तग काठमाडौं क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई निर्वाचित भएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार राईले १९ हजार १६९ मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाइन् । त्यस्तै यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत पाइन् ।

५३ हजार ८२४ मतदाता रहेको यस क्षेत्रबाट ३९ हजार ३ मत खसेको थियो ।