काठमाडौँमा रगतको चरम अभाव

१८ कार्तिक २०७४, शनिबार ०१:०९

कात्तिक १८, काठमाडौँ । राजधानी काठमाडौँमा रगतको चरम अभाव देखिएको छ । मागअनुसारको आपूर्ति हुन नसक्दा रगतको अभाव देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

वार्षिक ३ लाख युनिट रगत सप्लाई भइरहेको रक्त सञ्चार केन्द्रले जनाएको छ । वर्षेनी ३ लाखको १३ प्रतिशत माग बढ्दै गएको केन्द्रका निर्देशक मनिता राजकर्णिकारले बताए ।

रगत आवश्यक परेका बिरामीका आफन्तहरू मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमा नै गइ रगत दिने गरेका छन् ।

‘काठमाडौँ उपत्यकामा मात्रै २० वटा अस्पतालले रगत संकलन गर्न पाउँछन्’ निर्देशक राजकर्णिकारले भने, ‘मागअनुसार आपूर्ति दर न्यून हुँदा समस्या भएको छ । अब जनचेतनालर्य अझ व्यापक बनाउनुपर्छ ।’