श्याम गुप्ता
मंसिर, ४ बारा ।
मंसिर, ४ बारा ।
नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ प्रदेश क उम्मेदवारको गाडीमा सोमवार विहान जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमरामा बम प्रहार भएको छ ।
उम्मेदवार ओमकृष्ण कार्कीले आँफु सहिँत प्रचारमा प्रयोग गर्ने बा.१४.च.६३३० नं. को स्कर्पियो गाडी माथी विहान पाँच बजेर ३५ मिनेंटमा पे्रसरकुकर बम प्रहार भएको हो ।आईतवारको चुनावी कार्यक्रम सकेर सवारी चालक राधाकृष्ण साह ठकुरीले जिल्ला वन कार्यालय सिमराको पछाडी आफ्नैं निवासमा राखेको गाडीलाई लक्षीत गरी विहान बम प्राहार भएको प्रहरीले बताएको छ । जिल्लामा निर्वाचन सुरक्षा चुनौंती बढेको बताउँदै बाराका प्रहरी प्रमुख राजकुमार बैदवारले र प्रहरीले मिसनको रुपमा निर्वाचन भर शान्ती सुरक्षा कायमा लागी परेको बताए । उनले घटनामा संलग्न केहीको पहिचान खुलेको समेत बताएका छन् ।
पार्किङ्ग गरी राखिएको सो गाडीको तल्लो भागमा बम राखी बिष्फोट गराईएको ले कुँनै प्रकारको मानविय क्षती नभएको तर , गाडिमा राखिएका प्रचार सामाग्री जलेको साथै गाडी सञ्चालन नहुँने गरी क्षती भएको प्रहरीले जनाएको छ ।यसैबिच जिल्ला प्रहरी कार्यालयले जिल्लाको विभिन्न स्थानहरुमा हुँन सक्ने घटनालाई मध्य नजर गर्दै सोमवारबाट सर्च अभियान सुरु गरेको छ । राजनितिक गतिविधी तथा उम्मेदवारको सुरक्षालाई समेत ध्यान दिदै बारा प्रहरीले यो अभियान सुरु गरेको हो ।अभियानका क्रममा सोमवार नैं बाराको पथलैया तथा औराहाबाट संकास्पद पाँच जनालाई प्रहरीले आफ्नों नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Click here to Reply, Reply to all, or Forward
|