कहाँ बनाउँने ‘प्रदेश २’ को राजधानी ?

११ पुष २०७४, मंगलवार ०५:५५

श्याम गुप्ता
पुस ११, बारा । 
राजधानी कहाँ बनाउँने भन्ने विषयमा अहिले निकै नैं चर्चा चलिरहेको छ ।  नौं हजार ६ सय ६१ वर्ग किलोमिटरमा फैलिएको २ नम्बर प्रदेशमा करिब ५४ लाख जनसंख्या रहेको छ ।

 

यो प्रदेशमा बारा, पर्सा, रौतहट , सर्लाही , धनुषा , महोत्तरी , सिराहा , सप्तरी गरि आठ वटा जिल्ला रहेका छन् । मैथली भाषीको बहुल्य रहेको यस प्रदेशमा भोजपुरी , थारु सहिँत बाहुन , क्षेत्री , जनजाती , मुस्लिम सहिँत धेरै भाषा भाषी छन् ।  सामाजिक विविधता र जनसंख्याको घनत्व अधिक रहेपनि मानव विकास  सूचाँक आधारमा दुई नम्बर प्रदेश राष्ट्रियस्तरमा निकै तल छ । यस प्रदेशमा रहेका जनताको प्रति व्यक्ती आम्दानी नौं सय ६७ डलर छ । यो अन्य प्रदेशको तुलनमा न्यून नैं हो ।

शिक्षा , स्वास्थ्य , खानेपानी , सरसफाई , आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ । शिशु मृत्यू दर सबै भन्दा धेरै छ , भने जन्म दर सबै भन्दा बढी भएको प्रदेश हो । साक्षारता प्रतिशत पनि कम छ । मुलुकको कृषि तथा पशु क्षेत्रको उत्पादनमा दुई नम्बर प्रदेशको योगदान १३ प्रतिशत रहेको छ ।  दुई नम्बर प्रदेश सामाजिक , आर्थिक , पुर्वाधार विकासमा सा¥है कमजोर छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश दुईमा गरिबी दर उच्च रहेको छ । यस प्रदेशमा ४७ दशमलव ९ प्रतिशत गरिबी रहेको प्रतिवेदन छ ।

सिमरा कलेजको अर्थ शास्त्रका प्राध्यापक केदार बिशुरालका अनुसार गरिबी , बेराजगारी र अशिक्षा यस क्षेत्रको प्रमुख चुनौंती हुँन् । प्राकृतिक स्रोत साधनमा कमि भएपनि आफ्नैं खुट्टामा उभिन्न सक्ने प्रदेशको रुपमा रहेको भने देखिन्छ । बिरगंज र जनकपुर जस्ता आर्थिक , सांस्कृतिक महत्वका केन्द्र यही प्रदेशमा छन् ।  नेपाल कै एक मात्र रेल सेवा पनि यही प्रदेशको जनकपुरमा रहेको छ । यद्यपी हाल यो सेवा बन्द अवस्थामा रहेको छ । यो प्रदेश चार वटा विमान स्थलले जोडिएको छ । राजधानी जोड्ने मुलुक कै छोटो काठमाण्डौं–निजगढ दु्रत मार्ग (फास्ट ट्रयाक) र बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमान स्थल रहेकाले पनि यो प्रदेशको सबै भन्दा ठूला सम्भावना रहेको बकुलिया क्याम्पस अंग्रेजी विषयका प्राध्यापक कालिका प्रसाद ढकालले बताए ।

यो प्रदेशमा पर्यटनको आधार पनि बलियो छ । भने धार्मिक पर्यटनको रुपमा पनि यो प्रदेश बलियो देखिन्छ । बाराको बरियारपुर स्थित विश्व प्रशिद्ध गढीमाई मन्दिर र जनकपुरको जानकी मन्दिर जस्ता प्रशिद्ध धार्मिक स्थल यहीं छन् ।मुलुक कै आर्थिक केन्द्र बिरगंज–पथलैया औद्योगिक करिडोर जहाँ हजार भन्दा बढी उद्योगहरु सञ्चालनमा रहेका छन् । मुलुकको आर्थिक केन्द्र बिरगंज भन्सार यहीं छ भने देश कै सबै भन्दा ठूलो चार कोषे झाडी पनि यसै प्रदेशमा छ ।  भौगोलिक सहजताले उद्योग कलकारखानाका लागि यो प्रदेश उपयुक्त  हुने प्राध्यापक बिशुरालको तर्क छ । भने खेती योग्य जमिनको भरपुर उपयोग गर्न सके धनी प्रदेशका रुपमा उदाउँन सक्ने प्रसस्त सम्भावना छ ।  काठमाण्डौं–निजगढ दु्रत मार्ग , निजगढ अन्तराष्ट्रिय विमान स्थल , आर्थिक विकास क्षेत्र (सेज) , रेल मार्ग लगायतले दुई नम्बर प्रदेशलाई सवल एवंम् सक्षम प्रदेशका रुपमा स्थापित गराउँन सक्ने आधारहरु बलियो रहेको छ । यद्यपी त्यसको उपयोग कसरी हुँन्छ , भविश्य त्यसैमा निर्भर रहँने छ ।