कपिल शर्मा २८ वर्षअघि यस्ता थिए

१९ माघ २०७७, सोमबार १६:४८

 

messenger sharing button
sharethis sharing buttonएजेन्सी । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको २८ वर्ष अगाडिको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।उनले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत उक्त तस्बिर सेयर गरेका हुन् । तस्बिरमा उनले आफ्ना दाजु अशोक शर्मासँगको तस्बिर सेयर गरेका छन् । उनी उक्त तस्बिर लिने समयमा ११ वर्षका थिए ।

उनले तस्बिरसँगै ‘भाईभाई’ क्याप्सन लेखेका छन् । जसमा लगभग ७ लाखभन्दा बढी लाइक्स आएको छ भने २ हजारभन्दा बढी कमेन्ट आएको छ । उनी छिट्टै कमेडी ‘द कपिल शर्मा शो’ बन्द गर्ने योजनामा रहेका छन् । उनले आफ्नी पत्नी गिन्नी गर्भवती भएका कारण शो बन्द गर्ने योजनामा रहेको र श्रीमतीलाई धेरै समय दिने योजना रहेको समेत खुलाएका छन् ।

 

https://www.instagram.com/p/CKnfUkDAwrm/?utm_source=ig_embed