ओलम्पिक खेलाडीलाई कोरियन कम्पनीको सहयोग

२१ कार्तिक २०७४, मंगलवार ०१:४२

कात्तिक २१, काठमाडौँ । कोरियन कम्पनी साउथ–इस्ट पावर कम्पनीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई १० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।

कोरियाको प्याङचाङमा ९ देखि २५ फेब्रुअरीसम्म सो विन्टर ओलम्पिक गेम्स हुँदै छ । सो ओलम्पिक गेम्समा नेपालबाट दुई जना खेलाडीले सहभागिता जनाउने छन् । नेपालका सफलराम श्रेष्ठले अल्पाइन स्किमा प्रतिस्पर्धा गर्नेछन् भने मनिकला राईले क्रसकन्ट्रीतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार आयोजित एक कार्यक्रममा कोरियन कम्पनी साथ इस्ट पावरले आवश्यक खेलकुद सामग्री उपलब्ध गराउने पत्रमा हस्तक्षर गरेका हुन् ।