एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने सरकारी निर्णय

मंसिर ६,काठमाण्डौं ।
नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने सरकारले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर करिब १५ अर्ब ५० करोड) स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि बैठकले गरेको उनले बताएको राससले समाचार उल्लेख गरेको छ ।


प्रकाशित | २०७४ मंसिर ६ प्रकाशित ०६:४७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ