एमाले र माओवादी केन्द्र बीचको गठबन्धन ‘दाम’का लागि भएको हो – महासचिव चन्द

८ कार्तिक २०७४, बुधबार १४:१९

कात्तिक ८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र माओवादी केन्द्र बीचको गठबन्धन ‘दाम’का लागि भएको दावी गरेका छन्।

महासचिव चन्दले दाम र नामका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको तर्क गरेका हुन्। अक्टोबर क्रान्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुने कुनै आधार नरहेको पनि स्पष्ट पारे।

महासचिव चन्दले काँग्रेसलाई कामै नलाग्ने गरी थोत्रिएको पार्टीको संज्ञा समेत दिए। उनले मुलुकलाई माथि उठन नदिन सरकार आफै लागि परेको आरोप लगाए।