एमाले र माओवादी केन्द्रबीचको एकता दक्षिणपन्थी अवसरवादीहरुको मिलन हो – अध्यक्ष वैद्य

१८ आश्विन २०७४, बुधबार ०९:३१

असोज १८ काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भएको टिप्पणी गरेका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी टिप्पणी गरे ।

‘यो एकता विचित्र खालको छ,’ उनले भने, ‘यो ।’ माओवादी केन्द्रले क्रान्तिकारी बाटो पूरै छोडेर प्रतिक्रियावादी बनेको पनि वैद्यले आरोप लगाए ।

‘क्रान्तिकारी ध्रुवीकरण अब तीब्र बनाउनुपर्छ’, उनले भने, ‘ क्रान्तिकारीको ध्रुवीकरण आजको तत्कालको आवश्यकता बनेर गएको छ ।’ अब एमाले र माओवादी केन्द्र मिलिसकेपछि पार्टीको नाम माओवादी र एमाले राख्नुको कुनै अर्थ नहुने पनि वैद्यको भनाई थियो ।