एक किलो सुन सहित फेरी विमानस्थलमा एक विदेशी पक्राऊ

२२ भाद्र २०७४, बिहीबार १४:२७

भदौ २२, काठमाडौं । प्रहरीले एक किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो।

झोलाभित्र लुकाएको सुन भन्सारको एक्सरेमा पत्ता लागेको हो । भन्सार कार्यालयले चाङमाथि छानबिन अघि बढाएको छ।