उपत्यकामा बर्सेनि ३२ सय किशोरीले गर्छन् गर्भपात

१६ मंसिर २०७४, शनिबार ०५:४३

मंसिर १६, काठमाडौं । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताए ।

सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ ।

प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरु गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । –नयाँ पत्रिका दैनिकबाट