उदयपुरको मतपरिणाम रोचक बन्दै

२४ मंसिर २०७४, आईतवार ०७:४३
मंसिर २४, उदयपुर । 

उदयपुरमा मतपरिणाम रोचक वन्दै गएको छ । उदयपुरको क्षेत्र नम्बर १ नेपाली काँग्रेसका डा. नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

चौधरीले शुरुवाती अवस्था देखि नै अग्रता लिईरहेपनि अहिल्य नारायण खड्का अघि वढेका छन् । पछिल्लो परिणामा अनुसार खड्काको १६ हजार १ सय ५ र चौधरीको १५ हजार ९ सय ५८ मत भएको छ । यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी भएका थिए ।