ईटहरीमा अर्को बम बिष्फोट, चार जना कांग्रेस कार्यकर्ताहरु घाईते

१४ मंसिर २०७४, बिहीबार ०७:५८

मंसिर १४ , सुनसरी ।
निर्वाचन नजिकीदै गर्दा बम विष्फोटको घटना बढ्दै गएको छ ।

उदयपुरमा बुधवार विष्फोटमा काँग्रेसका नेता नारायण कार्की घाईते भए लगतै आज फेरि ईटहरीमा अर्को बम बिष्फोट भएको छ । नेपाली कांग्रेसको घरदैलो कार्यक्रममा सुनसरीको इटहरीमा बम बिस्फोट भएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित भलादमी चोकमा घरदैलो कार्यक्रम मार्फत भोट मागिरहेका बेला बम विस्फोट भएको हो । वम विस्पोटबाट चार जना कांग्रेस कार्यकर्ताहरु घाईते भएका छन् । घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ रहेका छन् ।

उपप्रधानमन्त्री विजय गच्छदार पक्षले भलादमी चोकमा घरदैलो कार्यक्रमबाट भोट मागिरहेको अबस्थामा बम विस्फोट भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझिले जानकारी दिनुभयो । घाईतेहरुको इटहरी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । बिस्फोट कसले ग¥यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुनसरीमा वर्षौदेखि जनताले विकास निर्माणको अपेक्षा गरेको भएता पनि उम्मेदवारहरुले जनताको बषौदेखिको आवश्यक्तालाई पूरा गर्न नसकेको देखिन् सकिन्छ । अपेीक्षत रुपमा बिकास जति हुनु पर्ने हो त्यति नहुँदा अहिल्य पनि जिल्लाका कतिपय स्थानमा सामान्य मोटरबाटोको अभाव रहेको छ भने स्वास्थ्यउपचारको लागि ठूलै कसरत गुर्न पर्ने अवस्था पनि छ । । त्यसो त आम मददाता समक्ष उम्मेदवार उहि पुरानै साझा मुद्धा लिएर बस्ती छिरीरहँदा मतदाताको रुझान स्पष्टै नै देखिएको पत्रकार हेमराज दाहाले बताएका छन् । यता मतदाता विकासको अपेक्षामा बसेका वर्षौे भएपनि त्यो पूरा नहुँदा उनिहरुको निराशालाई उम्मेदवारहरुले बुभ्mन नसकेको पत्रकार दाहालल गरेको स्थलगत रिपोटिङले देखाएको छ ।