इलाम क्षेत्र नं २ बाट नेम्वाङ र १ बाट खनालले चुनाव लड्ने घोषणा

१९ आश्विन २०७४, बिहीबार ०६:४७

इलाम, १९ असोज । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले र इलाम क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले चुनाव लड्ने घोषणा गर्नुभएको छ ।

खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गर्नुभएको छ ।

नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गर्नुभएको हो ।