इलाममा बुद्धवाणी एफएम

६ पुष २०७४, बिहीबार ०८:११

पुष ६, ईलाम ।
इलामको पूर्वी सूर्योदय नगरपालिकामा रेडियो बुद्धवाणी एफएम सञ्चालन भएको छ । सञ्चारकर्मी दिनेशकुमार महतको करिब रु ४० लाखको लगानीमा फिक्कल बजारमा सो एफएम सञ्चालन गरिएको हो ।

सूर्योदय सञ्चार विकास केन्द्रद्वारा सञ्चालित एफएमले तीन दिनदेखि परीक्षण प्रसारण सुरु गरेको छ । परीक्षण प्रसारणको करिब एकसातापछि नियमित प्रसारण गरिने महतले बताए । ९५।७ मेगाहर्जमा प्रसारण हुने उक्त एफएम इलाम, पाँचथर, झापा, इटहरीसम्म सुन्न सकिने बताइएको छ । एफएमको स्टेशन, समाचार कक्ष, कार्यक्रम उत्पादन कक्ष सम्पूर्ण तयारी भइसकेको छ । एफएमले रेडियो उद्घोषण, समाचारवाचक र कार्यक्रम उत्पादनसम्बन्धी १० दिने तालीम सुरू गरेको छ । तालीमलाई रेडियो नेपालका अमरध्वज लामा, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता विजयशेखर भट्टराईलगायतले सहजीकरण गरिरहेका छन् । तालीममा ८० प्रशिक्षार्थीको सहगिता छ । बुद्धवाणी एफएमसँगै इलाममा इलाम एफएम, नेपालवाणी एफएम, रेडियो फिक्कल र चियाबारी एफएम सञ्चालनमा छन् भनेर राससलेसमाचार लेखेको छ ।