इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी

पुस ३, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हरायो ।  म्यान्चेस्टर युनाईटेडका लागि रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे ।  पराजित टोली वेष्ट ब्रोमका ग्यारेथ ब्यारीले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ४–० ले हरायो ।  लिभरपुलका लागि फिलिप कौटिन्हो, डेजान लोभ्रेन, मोहोमद सालाह र रोबर्टो फर्मीनोले एक–एक गोल गरे ।

 

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।  समान खेलबाट ४१ अंक जोडेकाने म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३८ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ । ३४ अंक जोडेको लिभरपूल चौथो स्थानमा उक्लिएको छ ।


प्रकाशित | २०७४ पुष ३ प्रकाशित ०२:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ