आलु खेतीबाट लगानी अनुसारको उत्पादन भएन

२८ कार्तिक २०७४, मंगलवार ०७:४१
.

श्याम गुप्ता

२८,कात्र्तिक बारा ।

बाराका किसानहरुले उन्नत जातको आलुको बिउ समयमा नपाउँदा लगनी अनुसारको उत्पादन नहुँने प्रति अहिले चिन्तीत बनेका छन् ।

 

परिवारको मुख्य आय श्रोतको रुपम रहेको तरकारी खेती अन्तरर्गत नगदे बालीको रुपमा रहको आलु खेतीबाट लगानी अनुसारको उत्पदन नभए पछि यहाँका किसानहरु चिन्तीत बनेका हुँन् ।  जिल्ला कृषि विकास कार्यालय कलैया बाराले मौशम अनुसारको खेती गर्न किसानहरुलाई उन्नत जातको बिउ पु¥याउँन नसकेको जिल्लाका सर्वसाधारण किसानहरुले गुनाँसो गरेका छन् । अहिले कठ्ठामा हल ४÷५ क्विन्टल उबजनी भैरहेको उन्नत जातको बिउ प्रयोग गरी ठिक समयमा खेती गरे उब्जनि बढेर प्रति कठ्ठा ७÷८ क्विनटल सम्म हुँने स्थानीय कृषक रामप्रवेस साहले बताए । बाराका किसानहरुले उन्नत जातका बिउको प्रयोग नगर्दा आलुको उत्पादकत्व घटेको जिल्ला कृषि विकास कार्यलय बाराले जनाएको छ । जिल्लाको ७ हजार ३० हेक्टर जमिनमा आलु खेती हुँने गरेको यस जिल्लाका किसानहरुले उन्नत जातको बिउ प्रयोग नगर्दा लगानी अनुसारको उत्पादन गर्न नसकेको जिल्ला कृषि विकास कार्यलय बारा प्रमुख शिवरत्न साहले बताए ।

 

उन्नत जातको बिउको प्रयोग नगर्नुका साथै डढुवा रोगका कारण किसानले लगानी अनुसारको आम्दानी लिन नसकेको प्रमुख साहले बताएका छन् । कृषक समक्ष उन्नत जातको बिउ पु¥याउँन प्रि–वेसिक सिड अर्थात मुल बिउ कृषकहरुलाई उपलब्ध गराउँदै आएको कार्यलय प्रमुख साहले बताए । बिउ कम भएकाले माँग अनुसार किसानहरुलई दिन नसकेको स्विकार गर्दै प्रति गोटा १८ रुपैयाँ पर्ने बिउ किसानलाई सहुलियत दरका उपलव्ध गराईएको उनले दाबी गरे । आलु खेतीमा बारा जिल्लामा प्रति हेक्टर १५ मेट्रिक टन उत्पादकत्व रहेको जानकारी दिदै साहले सहि तरीकाले किसानले खेती गरे उत्पादकत्व बढ्ने बताएका छन् । व्यवसायीक रुप मैं यस क्षेत्रका किसानहरुले आलु खेती गरिरहेका छन् । सरकारले पनि यस्ता किसानहरुका लागि समय समयमा कृषि सम्बन्धि तालिम , बिक्री बितरणका लागि उचित बजारको ब्यवस्था तथा आलुमा लाग्ने विभिन्न रोगको न्यूनिकरणका लागि व्यवस्था र समय समयमा अनुगमन गरिदिने हो भने जिल्लाका कृषकहरु निर्धक्क भएर आलु खेती गर्ने थिए ।