आरजु देउवालाई हराउने नारदमुनि को हुन् ?

२५ मंसिर २०७४, सोमबार ०५:४१

मंसिर २५ ,कैलाली
प्रधानमन्त्री एवंम् काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा कैलाली क्षेत्र ५ वाट पराजीत भएकी छिन् । उनि एमाले नेता नारदमुनि रानासंग चार हजार ८ सय ८० मतले पराजीत भएकी हुन् । रानाले २७ हजार दुई सय दुई मत पाईन् । यो क्षेत्रमा ०४८ र ०५६ को संसदीय चुनाव ०७० सालको संविधानसभा निर्वाचन र संविधानसभाको उपनिर्वाचनमा काँग्रेसले जीत हासिल गरेको थियो । ०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरासहित यो क्षेत्रवाट शेरबहादुर देउवा विजयी भएका थिए । आरजुलाई पराजीत गर्ने राना ०६४ सालको संविधानसभामा समानुपातीक तर्फका सभासद रहेका थिए । अनेरास्ववियु ५ औं बाट राजनीति शुरु गरेका उनले राजनीतिशास्त्रमा स्नाकोतर गरेका छन् । उनि २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धनगढी नगरपालीकाका उपमेयर भएका थिए । प्रतिनीधिसभा सदस्यमा विजयी भएपछि पत्रकारसंग प्रतिक्रया दिंदै रानाले मुलुकको विकासलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने बताए । निर्वाचनको क्रममा यसक्षेत्रको विकासको लागी जनतासंग गरेका बाचा पूरा गर्ने उनले वताएको नयाँ पत्रिकाले समाचार लेखेको छ ।