आयल निगमका निर्देशक खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार

३० भाद्र २०७४, शुक्रबार १५:३३

भदौ ३०, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ । तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् ।

सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम निर्देशक खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ । समितिले आपूर्तिलाई पत्र पठाएको समितिका सचिव मुरारी महतले स्वीकृत गरे ।