आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

२ आश्विन २०७४, सोमबार ०८:४७

असोज २, काठमाडौँ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

आपूर्ती मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेको प्रस्तावका आधारमा खड्कालाई बर्खास्त गरिएको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए। मन्त्री मण्डलले लगेको प्रस्तावमा खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलाई असहयोग गरेको उल्लेख गरिएकोछ ।