आफूहरुले गरेको काम जनतालाई बुझाउन नसक्दा पराजय भौग्न बाध्य-खाँड

मंसिर २६,काठमाण्डौ ।

शान्ति र संविधान निर्माणको पक्षमा नेपाली काँग्रेसले गरेका कामहरु जनतालाई बुझाउन नसक्नु नै निर्वाचनमा आफूहरुको पराजय भएको काग्रेसको निश्कर्ष रहेको छ ।

संविधान निर्माणको समेत नेतृत्व लिएको नेपाली काँग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रतिक्रिया दिएका छन् ।

काठमाडौंमा आज आयोजित साक्षात्कारमा  खाँडले वाम गठबन्धनबीचको सहकार्यले पनि निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको भनाइृ व्यक्त गरे । काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार र सम्वद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ ।


प्रकाशित | २०७४ मंसिर २६ प्रकाशित ०९:३१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ