कात्तिक २०, गोरखा । नेपाली कांग्रेसका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका राजेन्द्र बजगाइँले चुनाव प्रचारमा आचारसंहिताविपरीत हेलिकोप्टर प्रयोग गरेका छन् ।
सोमबार काठमाडौंबाट ‘हाइ अल्टिच्युट’ हेलिकोप्टर चार्टर गरेर राजेन्द्र बजगाइँ र कांग्रेसका समानुपातिक उम्मेदवार हरिबहादुर घले गोरखाको दुर्गम गाउँपालिका चुमनुब्री गएका हुन् ।
हेलिकोप्टर लिएर सीधै गाउँमा पुगेका उनीहरुले सो गाउँपालिकाका वडा–वडामा पुगेर मत मागेका थिए । हेलिकोप्टर प्रयोग गर्नुअघि निर्वाचन आयोगबाट अनुमति लिनुपर्नेमा बजगाइँले आफूखुसी हेलिकोप्टर प्रयोग गरेको बुझिएको छ । बजगाइँविरुद्ध नेकपा एमाले र माओवादी केन्द्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा उजुरी दिएका छन् ।
प्रकाशित | २०७४ कार्तिक २० प्रकाशित १४:३९
जवाफ लेख्नुहोस्