आगलागी हुँदा चार लाख बराबरकको क्षति

काठमाडौं, १९ असोज । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको रेदिहाङ खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको क्षति भएको छ ।

उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, बा ८५ प ४२३८ नंको मोटरसाइकल दुई वटा पानी ट्याङ्की जलेर नष्ट भएको छ । नेपाल प्रहरी, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियोे ।


प्रकाशित | २०७४ आश्विन १९ प्रकाशित ०८:०५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ