आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

५ मंसिर २०७४, मंगलवार ०२:२४

मंसिर ५, काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबार भएको पहिलो खेलमा थाइल्याण्डसँग अंक बाडेको नेपालले हङकङसँग खेल्न लागेको हो ।  नेपाल र हङकङबिचको खेल बेंककस्थित टेर्डथाई मैदानमा नेपाली समय अनुसार विहान पौने ९ बजे सुरु हुने छ । नेपाल आज हङकङलाई पराजित गर्दै स्पष्ट ३ अंक लिन चाहन्छ । यता, हङकङ दोस्रो जितको खोजीमा रहने छ । सोमबार भएको खेलमा हङकङले मलेसियालाई ३५ रनले पराजित गरेको थियो ।

 

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले तेस्रो खेलमा बिहिबार युएईसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शिर्ष दुई टोलिले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुने छ । ग्लोबल क्वालिफयर्सको शिर्ष दुई टोलिले आगामी बर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।