अस्पतालबाटै निर्वाचित उम्मेद्वारलाई दिए बधाई तथा शुभकामना

२६ मंसिर २०७४, मंगलवार ०४:४५

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन काभे्रबाट निर्वाचित सबै उम्मेद्वारलाई एमाले काभ्रेका युवा नेता अमित लामाले अस्पतालको बेडबाटै बधाई तथा शुभकामना दिएका छन् । लामा युवासंघ नेपालको केन्द्रिय सचिवालय सदस्य तथा उद्योग विभाव प्रमुख समेत हुन् ।

उनी रोशी गाउँपालिका वडा नं. १ मा जन्मिएर एमाले राजनीतिमा होमिएका एक सक्रिया युवा नेता समेत हुन् । निर्वाचनलाई सफल तुल्याउन आफ्नो क्षमताले भ्याएसम्मको विवेक प्रयोग गरी सहयोग गर्दै आएका लामा निर्वाचनलगतै विरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । उनले आफु विजय जुलुसमा जान नपाएकोमा दुःख व्यक्त गर्दै अस्पतालबाटै बधाई दिएका हुन् ।   अस्पतालको बेडमा बसे पनि काभ्रे जिल्लाको सबै किल्ला र देशभर वामगठबन्धनको उत्साहजनक परिणामले आफ्नो पिडा विर्सिएको महसुस गरेको उनले बताए । उनले काभ्रेको विकास र समृद्धिको लागि निर्वाचित उम्मेद्वारहरुलाई थप चुनौती अवसर दुबै आएको संंयमता अपनाएर कामकारवाही अगाडी बढाउन समेत कार्य सफलताको शुभेच्छ प्रकट गरेका छन् ।

 

निर्वाचनको समयमा विभिन्न विचार र अस्थाका कारण युवाहरुबीच फरक विचारले असन्तुष्टि भए पनि अवको विकास निर्माणमा काभ्रेका युवाहरु एक भएर अघि बढ्नुपर्ने बताए । काभ्रेको युवालाई सबल युवा उद्यामी बनाउन आफु र आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने र विकास निर्माणका गतिविधिमा समेत युवा सहभागीता आवश्यक रहेको बताए ।   लामा स्थानीय तहको निर्वाचनको गाउँपालिका प्रमुख र भरखरै सम्पन्न निर्वाचनमा काभ्रे क्षेत्र नं. १ प्रदेश (ख) मा एमालेबाट उम्मेदरवारका लागि नाम सिफारिस भएको थियो ।