अर्घाखाँचीको मथुरा मतदान केन्द्रमा तोडफोड, मतदान स्थगित

२१ मंसिर २०७४, बिहीबार ०९:२६

मंसिर २१, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ वाङला स्थित मथुरा मावि केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

मतदान अधिकृतले हस्ताक्षर बिना सय मतपत्र दिएको भन्दै दलका प्रतिनिधिहरुले बिरोध गरेका थिए ।

मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतपेटिका तोडफोड गरिएको छ ।

तोडफोडपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले केही समय मतदान रोकेर सर्वदलीय बैठक बस्ने र बेलुकासम्म भएपनि मतदान पुनः सुरु गराउने बताएका छन् ।