अर्घाखाँची ‘प्रदेशसभामा’ एमालेका ‘आचार्य र घिमिरे’ बिजयी

२६ मंसिर २०७४, मंगलवार ०९:५८

मंसिर २६ , अर्घाखाँची ।

प्रतिनीधिसभाको नतिजा हिजो नै सार्वजनिक भएपनि प्रदेशसभाको नतिजा भने आज आएको छ अर्घाखाँचीमा ।

अर्घाखाँचीको प्रदेशसभामा एमालेका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेले जीत हासिल गरेका छन् । क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहेका एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका विष्णुप्रसाद खनालले १४ हजार १३५ मत प्राप्त गरे । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले पराजित गर्न सफल भएका छन् ।

त्यसैगरि प्रदेशसभा २ तर्फ भने वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत प्राप्त गरि विजय हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरेको पत्रकार मुक्तिनाथ भूषालले जनाउनु भएको छ ।