अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले एसईई कक्षा टेलिभिजन बाट संचालन गर्ने

३० चैत्र २०७६, आईतवार १०:४१

अर्घाखाँची । कोरोना भाइरस अर्थात (कोभिड १९) का कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा SEE परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई लक्षीत गरी अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले स्थानीय छत्रदेव टेलिभिजन बाट भोली सोमबार बेलुका ७ बजे देखी टिउसन कक्षा संचालन हुने भएको छ ।
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजकीको लागी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।
यस अवसरमा सम्पुर्ण एसईई परीक्षा दिनको लागी तयारीमा रहेका विधार्थी लाइ टेलिभिजन बाट प्रसारण हुने कार्यक्रममा हेरेर कक्षा लिन विधार्थी लाइ आग्रह गरीएको छ ।यो कक्षा संग सहकार्य गर्नको लागी अभिवाक लाइ समेत सघाउन आग्रह गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।