अर्गानिक चियाको माग बढ्दो

१३ कार्तिक २०७४, सोमबार ०८:३३

कात्तिक १३, तेह्रथुम । तेह्रथुममा उत्पादित अर्गानिक चियाको बढ्दै गएको छ ।

गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।

व्यावसायिक रुपमा चियाखेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालक रत्नबहादुर खड्काले बताए ।

यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ लगायतका तयारी चियाले बजार पाउन थालेको छ । चियाखेतीबाट आम्दानी लिन नसकेपछि निराश बन्दै आएका कृषकले पछिल्लो समय मनग्य आम्दानी लिन थालेका सञ्चालक खड्काले बताए ।

यहाँ उत्पादन भएको तयारी चिया अहिले नेपालको काठमाडाँै लगायत पर्वतका बजारमा बिक्री हुँदै आएको छ । प्रशोधन केन्द्रको अभावमा बगानमै खेर गइरहेको हरियो मुना विगत पाँच वर्षदेखि लालिगुराँस नगरपालिका– ९ सोल्मामा स्थापना भएको अर्गानिक चिया प्रशोधन केन्द्रबाटै तयारी हुन थालेपछि आम्दानी लिन थालेका हुन् ।

अर्गानिक चिया स्वाद र स्वास्थ्यका लागि अति उपयुक्त मानिन्छ ।