अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु , सयौं बेपत्ता

२८ आश्विन २०७४, शनिबार १४:३५

सान फ्रान्सिस्को, असोज २८ । अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ३३ को मृत्यु हुनुको साथै अन्य सयौं बेपत्ता रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 

अमेरिकामा करिब २० वर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो संख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

 

गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको संख्या शुक्रबार बेलुकासम्म ३३ पुगेको र अझै अरु सयौं व्यक्ति हराइरहेका बताइएको छ । यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ । (रासस÷एएफपी)