अभिनेता हसन राजा अभिनेत्री निशाको यादमा तड्पिदै (भिडियो सहित)

१९ कार्तिक २०७४, आईतवार १४:३३

कात्तिक १९, काठमाडौँ । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्र रोमियोको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यस अघि चलचित्रको लिरीकल गीत तिम्रै यादमा सार्बजनिक भएको थियो ।

आज त्यही गीतको भिडियो सार्बजनिक भएको छ। भिडियोमा अभिनेत्री निशा अधिकारी, अभिनेता हसन राजा खान र ओशिमा बनुको अभिनय छ । शंकर कार्की निर्देशित उक्त चलचित्र रोमियोमा हसनराजा, निशासंगै मेलिना मानन्धर, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ ।

तारा प्रकाश लिम्बु, सुनिल सण्डे, कुर्बान खान र योगेश काजीको संगीत रहेको फिल्ममा अष्ट महर्जनको एक्सन रहेको छ । चलचित्रको निर्माणमा हसनसँग आशिका श्रेष्ठ र विष्णु कार्कीले सहकार्य गरेका छन् ।