अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञीको सुटिङ सेटमा लफडा !

२६ माघ २०७७, सोमबार १३:११

 

काठमाडौँ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को छायाँकन सेटमा लफडा भएको खबर बाहिरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकनको बिषयमा उठेको बिबाद हात हालाहाल सम्म पुगेको स्रोतको दाबी छ ।

निर्माता तथा निर्देशक रमेश एम के ले छायांकनरत चलचित्रको एक आइटम गीतको लागि ५ लाख बजेट तयार गरी त्यस खर्चमा उक्त गीतको छायांकन सकाउन नृत्य निर्देशकलाई जिम्मा दिएका थिए । तर, कोरियोग्राफर रामजी लामिछाने उक्त बजेटको पाँच गुना धेरै खर्च गराएको निर्देशकले गुनासो गुनासो गरेको उनका सहकर्मीले बताए ।