कात्तिक १२, कुन्दुज । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।
सुरक्षा चेकपोष्टमा आइतबार एकपछि अर्कोगरी भएको लडाकूहरुको आक्रमणमा १३ जना प्रहरी अधिकारी मारिएको र अर्का एकजना प्रहरी हराइरहेको पनि अफगानीस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
‘१३ जनाभन्दा बढी सुरक्षाकर्मी तालिबान लडाकूहरुको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार बिहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए,’ जिल्ला प्रमुख हायातुल्लाह अमिरीले सिन्ह्वासँग भने । (रासस÷सिन्हवा)