अपडेट : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण पुष्टिभेटिएका ९ पहिले संक्रमितकै सम्पर्कमा रहेका व्यक्ति भएको पुष्टि

२१ बैशाख २०७७, आईतवार १७:२९

काठमाडौं । नेपालगञ्जमा यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

केही शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो । शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो । 

संकलित नमुनालाई आइतबार पिसिआर मेसिनबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।  मुस्लिम समुदायका ती पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ । लकडाउनको समयमा पनि उनी नियमित रुपमा मस्जिद र मदरासामा आवत–जावत गर्ने गरेकाले उनीहरुको सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ । 

आइतबार थप ९ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । संक्रमण पुष्टि भएका थप ९ जनालाई अहिले भेरी अस्पताल नेपालगञ्जमा लगिँदैछ । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको र नमुना संकलन तथा क्वारेन्टाइनमा राख्ने