अनिलको अन्तराष्ट्रिय करिअरमा पूर्णविराम

कात्तिक २९, काठमाडौं । फिलिपिन्सविरुद्ध ८१ औं मिनेटमा मैदानमा उत्रेका अनिल गुरुङले अन्र्तराष्ट्रिय करिअर समाप्त गरेका छन् ।

एएफसी एसियन कप छनोटअन्र्तगत मंगलबार नेपालले फिलिपिन्ससँग गोरहित बराबरी खेलेको थियो । पहिलो रोजाईमा नपरेको अनिललाई अन्तिममा मात्रै खेल्न मौका दियो । सुजल श्रेष्ठलाई प्रतिस्थापन गरेका अनिलको ५० औं अन्र्तराष्ट्रिय खेल पनि थियो । योसंगै उनको ५० खेल खेलेर अन्र्तराष्ट्रिय करिअरबाट सन्यास लिने धोको पनि पुरा भएको छ ।

नेपाली टोलीका कप्तान अनिलले सन् २००७ मा विश्वकप छनोटअन्र्तगत ओमनविरुद्ध अन्र्तराष्ट्रिय खेलबाट करिअर सुरु गरेका थिए । करिब एक दशक अन्र्तराष्ट्रिय फुटबलमा अनिलको अनिलको अन्तिम खेल त्यदि स्वादिलो भएन ।
आफ्नो अन्तिम खेलमा जित पाउने आशा गरे पनि त्यो पूरा भएन । अनिल नेपाली राष्ट्रिय टोलीका १५ औं कप्तान बनेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अनिललाई आफ्ना साथी खेलाडीले उचालेर सम्मान गरेका थिए । त्यस्तै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाईदिएर अनिललाई सम्मानपत्रका साथ औपचारिक रुपमा सम्मान गरेका थिए । त्यस्तै एन्फाका अन्य पदाधिकारी तथा सदस्यले उनलाई माला, खादा लगाईदिएका थिए ।


प्रकाशित | २०७४ कार्तिक २९ प्रकाशित ०२:५७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ