अनारको रस सेवनले चाउरी हुनबाट जोगाउँछ

१८ कार्तिक २०७४, शनिबार ०९:१२

अनार स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । स्वादिष्ट अनार भिटामिन ए, सी, ई र फोलिक एसिडको राम्रो स्रोत हो । अनारले हाम्रो छालामा हुने नोक्सानबाट समेत बचाउँछ । यसमा शक्तिशाली एन्टिअक्सिडेन्टसमेत हुन्छ ।

यसले गर्दा यो हाम्रो बढदो उमेरमा छालालाई पोषण मात्र दिँदैन, यसले चाउरीबाट समेत जोगाउँछ । अनारमा पाइने युरोलिथिन एले कोशिकामा नयाँ उर्जाको सञ्चार गर्छ । यसको सेवनबाट खराबर बिग्रिएको माइटोकोन्ड्रियाको घटकलाई रिसाइकिल गर्ने धेरै बलियो क्षमता आउँछ अनि फेरि नयाँ प्रक्रिया सुरु हुन्छ । यसले गर्दा बढदो उमेरको प्रभावसमेत कम हुन्छ । स्विटजरल्यान्डमा गरिएको एउटा अध्ययनमा अनारका उपर्युक्त फाइदाहरूबारे जानकारी दिइएको हो । अनारको रसपूर्ण रूपमा प्राकृतिक पदार्थ हो । यसले हाम्रो शरीरमा प्रशस्त उर्जा र तागत दिन्छ ।

अनारको रस खाँदा हाम्रो शरीरमा युरोलिथिन ‘ए’ को उत्पादन हुन्छ । यो एक प्रकारको मोलिक्युल हो । यो मोलिक्युल माइक्रोबेसको माध्यमले परिवर्तित हुन्छ अनि यसले मांसपेशीको कोशिकाको रक्षा गर्छ । यही कारण यसले उमेर वृद्धिसँगै हुन सक्ने शारीरिक असरलाई रोक्ने गर्छ ।