अछाममा नेपाली सेनाको गाडी पल्टँदा १४ जना घाइते, २ को अवस्था गम्भीर

मंसिर १२, अछाम । अछाममा नेपाली सेनाको गाडी मंगलबार साँझ साफेबगर–मंगलसेन सडकखन्डको तिमिल्सेनमा पल्टँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु १ ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।  गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ ।

घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्‍याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।


प्रकाशित | २०७४ मंसिर १३ प्रकाशित ०४:४१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ