अचेत अवस्थामा भेटिएका प्रचण्ड पुत्र प्रकाशको निधन

मंसिर ३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालका निधन भएको छ । बिहान अचेत अवस्थामा भेटिएका उनको अस्पताल लैजाँदा लैजाँदा मृत्यु भएको माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घतिले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘बिहान अचेत भेटिएपछि अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले बाटोमै मृत्यु भइसकेको जानकारी दिएका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सले जनाएका छन् ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।  अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।  दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।


प्रकाशित | २०७४ मंसिर ३ प्रकाशित ०२:५०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ