सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक बुधबार ३ बजे बस्न लागेको छ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयमा छलफल हुने बताइएको छ।कात्तिक ५ गते बसेको बैठकले आजका लागि मिति र बैठकका एजेन्डसमेत सोहिदिन सार्वजनिक गरिएका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा पार्टी एकता, पार्टी र सरकार सञ्चालनका विषयमा छलफल हुनेछ। प्रदेश कमिटीहरूको पूर्णता, जिल्ला कमिटी गठन र जनवर्गीय संगठनहरूको एकीकरणलाई पूर्णता दिनेबारे छलफल हुनेछु, प्रवक्ता श्रेष्ठले भने,।