स्थानीय सरकारले आफूखुसी भत्ता बाँड्न नपाउने

७ कार्तिक २०७५, बुधबार ०९:२६

तल्लो तहका सरकालाई आफूखुसी सामाजिक सुरक्षा भत्ता वितरणमा अंकुश लगाउँदै सरकारले सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ।

संसद्ले पारित गरेको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई सरकारले राजपत्रमा प्रकाशित गरेर यो व्यवस्थालाई बाध्यकारी बनाएको हो। सामाजिक सुरक्षा भत्ताका लागि संघीय सरकारबाटै बजेट छुट्याइने भएकाले तल्ला सरकाले सोही प्रकृतिका भत्ता बाँड्न नपाउने संघीय सरकारको निष्कर्ष रहेको  छ। यो व्यवस्थाअनुसार तल्लो तहका सरकाले आफूखुसि कार्यक्रम ल्याएर सामाजिक सुरक्षा भत्ता बाँड्न पाउने छैनन्।यद्यपी उक्त ऐनको अधिनमा रहेर भने तल्ला तहबाट सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभान्वित वर्गले सम्बन्धित स्थानीय तहमा निवेदन दिएमा सो सुविधा प्राप्त गर्ने सक्ने छन्।