प्युठान जिल्लाको सरुमारानी गाउंपालिका –४ बड्डडाडामा अहिले चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ । बड्डडाडा बजार भन्दा ६ किलोमिटर पश्चिममा रहेको डिङ्लाङ खोला मुहानको पानी संकलन गरी वितरण गरेपछि यहाका १४५ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको डिङ्लाङ्खोला लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका सचिब पुष्पराज न्यौपानेले जानकारी दिए ।
संस्थान र सार्वजनिक स्थलमा समेत पानीका धारा जडान गरिएका छन। उनका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पानी उपलब्ध गराइएको छ । बिभिन्न ५ ठाउँमा ६ देखि २० हजार लिटर क्षमताका रिजभ्वाएर ट्याकी निर्माण गरि प्रत्येक घरमा पानीका धारा पुर्याईएको हो।
गाउपालिकाको ९ लाख ८१ हजार तथा स्थानियको २१ लाख श्रमदान सहित कुल ९८ लाख १० हजार ७ सय ६६ रुपैयां लागतमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्युठानले निर्माण सम्पन्न गरेको सल्लाहकार प्रमोदलाल श्रेष्ठले बताए ।
सार्वजनिक बसमा यात्रा गरेर घरमा खानेपानीको जोहो गर्ने यहाका स्थानियलाई घरमै दिनरात पानीको उपोभोग गर्न पाएपछी सजिलो भएको खानेपानीका लागि पाउनु दुख पायौं स्थानिय २४ बर्षिया सागर राउतले भने धारामा अहिले चौबिसैघण्टा पानी आउंछ। स्थानीय सागर राउत भन्छन बसको यात्रा गरी पानी ल्याएर खाने गथ्र्यौं । अहिले सोलार लिफ्टिङबाट घरमै खानेपानी आएपछि सजिलो भएको छ ।खानेपानी योजना सम्पन्न भए पश्चात् १ सय ४५ घरधुरीका ७ सय ३७ जना लाभान्वित भएका छन।